×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडको सामाजिक कार्य : १०० शैयाको अस्पताल बनाउन ५ लाख रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंक लिमिटेडको सामाजिक कार्य : १०० शैयाको अस्पताल बनाउन ५ लाख रुपैयाँ आर्थिक सहयोग

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित नागरिक केयर सेन्टरलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई पुस २ गते बिहीबार हस्तान्तरण गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्तान्तरण गरिएको उक्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं. १ मा कोभिड-१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पुर्याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: