Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंककाे रिभर्स फयाक्टरिङ्ग सुविधा, व्यवसायिक प्रयोजनका लागि सामान किन्दा छुट पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले बैंकको ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलब्ध गराउने छ ।
यसबाट खरिदकर्ता ग्राहकले विक्रि वितरकवाट विशेष सहुलियत र छुटमा वस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले जनाएकाे छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनलद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित “क्विकभुक्तानी” नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK