- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २०.५३% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।