- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरूप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौं बल्खुका सन्जिव कुमार श्रेष्ठले आफ्नी छोरी सम्झना श्रेष्ठको जन्मदिनको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चाबहिल उप-शाखामार्फत जीवन बिमा पोलिसी दिएका छन् ।
उनले छोरीलाई वार्षिक धन फिर्ता हुने धनजन्य वार्षिक अग्रिम भुक्तानी जीवन बिमा पोलिसी उपहार दिएका हुन् । उक्त योजनामा बिमितलाई बिमांकको ५ प्रतिशत रकम प्रत्यक वर्ष फिर्ता दिइने छ र बिमा समाप्तिमा बिमितले बिमांकको बाकी रकम +१० लाखकै पुरै बोनस एकमुष्ट प्रदान गरिनेछ । उक्त योजनामा निम्न जोखिम बहन सुविधा रहेको छ ।
– दुर्घटना मृत्यु लाभ (बिमांकको डबल + बोनस)
– साधारण मृत्यु लाभ (बिमांक रकम +बोनस )
– काजकिरिया खर्च (५० हजारसम्म )
स्थाइ असक्तता सुविधा :- (१ ) वार्षिक बिमाशुल्कमा छुट (२) मासिक भत्ता बिमांकलाई १२० ले भाग गरेर दिइने (बढिमा १० वर्षसम्म (३) प्रत्यक वर्ष बिमांकको ५ प्रतिशत पनि फिर्ता पाउदै जाने ।
-१८ प्राणघातक रोगको जोखिम बहन सुविधा