×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा, १ सय ३९ स्थानमा पुग्यो शाखा सञ्जाल !

PRIME CA

सनराइज बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा, १ सय ३९ स्थानमा पुग्यो शाखा सञ्जाल !

२७ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ । पांण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको प्रमुखा आतिथ्यता भउको कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज श्री नबराज रोकाया र अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: