Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकका ग्राहकले सस्तो डिल डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकका ग्राहकले सस्तो डिल डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानलाई आत्मासात् गर्दै बैंकले सस्तो डिल डटकमको ९औं वर्षको उपलक्ष्यमा सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको हो ।
यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्नुहुने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिरदेखि ३० मंसिरसम्म रहने र क्यास व्याक रकम योजना समाप्ति पश्चात प्रदान गरिनेछ ।
कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK