
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । यातायात व्यवस्था कार्यालय धनगढी ‘ब्रह्मलुटको अड्डा’ भन्ने हो भन्ने आरोप चौतर्फी रुपमा चलिरहेका बेला कार्यालयको गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्कोधान आयोगको ‘इन्ट्रि’ भएको छ । कोरोना माहामारीकैबीच कार्यालयमा खुलेआम ‘बार्गेनिङ्ग’ गरिरहेको भिडियो केहि समय अगाडी सार्वजनि भएको थियो । त्यसप्रश्चात पनि कार्यालयमा यस्ता गतिविधिहरु नरोकिएको भन्दै अख्तियारमा समेत गुनासो पुगेको थियो । यसैबीच नयाँ लाईसेन्सका लागि ‘ट्रायल’ खुलेपछि अनियमितता हुनेगरेको कुरा बाहिर आएको छ । सोहि विषयमा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यक्षेत्रबाट सिसिटिभि फुटेज नियन्त्रणमा लिने भएको छ ।
अख्तियार स्रोत भन्छ- ‘हाकिमकै मिलेमतोमा गलत काम भएको सूचना छ’
‘सम्पूर्ण फुटेजहरु नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’ अख्तियार स्रोतले भन्यो, ‘दायाँबायाँ भएको रहेछ भने हदैसम्मको कारवाही हुन्छ ।’ स्रोतका अनुसार उक्त कार्यालयमा कार्यालय प्रमुखकै मिलेमतोमा गैरकानुनी कामहरु भएका छन् र सोको अनुसन्धानका लागि अख्तियारले यस्तो कदम चालेको हो । ‘प्रमुखका बारेमा धेरै गुनासाहरु आएका छन् । सबैको अनुसन्धान गरी गलत गरेको भेटिएमा उनीमाथि अख्तियार कारवाहीको तयारीमा छ। आइतबार नै कार्यालयमा अनुसन्धानको पत्र पुगिसकेको छ । अनुसन्धानको सम्पूर्ण तयारी सकिएर अव अख्तियार फुटेजकेन्द्रित हुँदैछ ।’ स्रोतका अनुसार पैसा खुवाएर लाइसेन्स निकाल्ने, ट्रायलमा फेल भएकाहरुलाई पनि पास गराईदिने, पैसा लिएर लाइसेन्स नै बिक्री गर्ने, सवारी पास गर्दासमेत घुस लिने लगायतका उजुरी अख्तियारमा छन् । हरेकजसो काममा प्रमुखकै मिलेमतो भएको, घुसको कमिसन उनीसम्म पुग्नेगरेको लगायतका उजुरी पनि अख्तियारमा पुगेका छन् ।
‘अख्तियारबाट चिठी आएको साँचो हो’ : प्रमुख
यता यातायात कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले पनि अख्तियारले आफ्नो कार्यालयमा अनुसन्धानका लागि चिठी पठाएको कुरा सत्य भएको स्वीकारेका छन् । ‘अख्तियारबाट चिठी आएको छ । बाँकी अनुसन्धानपछी नै थाहा होला । तर हाम्रा कर्मचारीले कुनै गलत काम गरेका छन् भनेजस्तो मलाई लाग्दैन ।’ उनले भने । तर उनी आफुले आफ्नो कार्यकालमा परिवर्तन र विकास धेरै गरेको दावी गरिरहेका छन् । ‘कार्यालयमा केहि गल्ती भएको छ भने त्यसको अनुसन्धान हुनेनै छ । अनुसन्धानबाट दोषी ठहरिए जो कोहि पनि कारवाहीको भागीदार हुने नै छ । तर मैले यो कार्यालयमा धेरै बिकास पनि गरेको छु । धरै परिवर्तन पनि गरेको छु । ‘
(यस विषयमा तयार गरिएको विशेष भिडियो रिपोर्ट आउँदो सोमबार अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘मिसन सुदूरपश्चिम’मा प्रशारण हुन्छ ।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्