×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङको प्रजातान्त्रिक आन्दोलन चीनले सन् २०२० मा कुल्चियो, प्रतिरोधको भावना भने अझै जीवितै

PRIME CA
GLOBAL IME BANK

हङकङको प्रजातान्त्रिक आन्दोलन चीनले सन् २०२० मा कुल्चियो, प्रतिरोधको भावना भने अझै जीवितै

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

हङकङ । चीनले हङकङमाथि हस्तक्षेप गर्न खोजेको भन्दै सन् २०१९ मा बृहत आन्दोलन भयो । हङकङ सरकारले चीनसँग सुपुर्गी गर्नका लागि ल्याएको विधेयकको विरोधमा सुरु भएको आन्दोलनले प्रजातन्त्र र स्वतन्त्रताको माग गर्न थाल्यो । उक्त आन्दोलनमा प्रजातन्त्रवादीहरुले चीनको चर्को आलोचना गरे । 
उक्त आन्दोलन सन् २०२० को सुरुसम्म चल्यो । चीनले पटक-पटक हस्तक्षेप गर्न खोजे पनि असफल भइरहेको थियो । कोरोना महामारी सुरु भएपछि आन्दोलनहरु स्थगित भए । एक मुलुक दुई प्रणाली भनेर बेलायतसँगो सम्झौतापछि हङकङ स्वतन्त्र राज्यको रुपमा रहेको थियो । तर, चीनले हरेक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्‍न थालेपछि हङकङबासीहरु आक्रोशित भएर सडकमा आएका थिए । 
तर, कोरोना महामारीले गर्दा मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएपछि आन्दोलनहरु स्थगित भए । तर, जुनमा चीनले एकाएक हङकङका लागि नयाँ सुरक्षा कानुन जारी गर्‍यो । उक्त कानुनसँगै हङकङको स्वतन्त्रतालाई र प्रजातान्त्रिक आन्दोलनलाई चीनले कुल्चियो । एलेक्स (नाम परिवर्तन) २०२० को सुरुमा प्रजातन्त्रको पक्षमा भएका आन्दोलन र प्रदर्शनहरुमा सहभागी भएका थिए । उनलाई जेसी लाउले हङकङको न्यू टाउन प्लाजामा रहेको “पीत” प्रजातन्त्र समर्थक क्याफेमा भेटेर कफी मगाएका थिए । शान्त क्षेत्र एकाएक रणभूमि बन्यो । त्यहाँ प्रजातन्त्र समर्थकहरुमाथि प्रहरी अधिकारीहरुले अश्रुग्यास प्रहार गर्‍यो । प्रहरीको गोली लागेर उनी घाइते भए, उनलाई मैले सहयोग गर्नसक्ने स्थिति थिएन । 
नोभेम्बर २०२० मा म एक वर्षको अशान्तिजनक परिवर्तन पछि पहिलो पटक घर फर्कें । यसपटक गत वर्षको जस्ता प्रदर्शनहरु हङकङ सहरहरुमा देखिँदैनन् । लोकतन्त्र समर्थक पोस्टर र कलाकृतिको विशाल प्रदर्शनहरु पनि देखिएका छैनन् । अहिले सहर सुनसान छ । विशाल हडताल र प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएका स्थलहरुमा विरलै मानिसहरु भेटिन्छन् । 
यस्तो हुनुको प्रमुख कारण हङकङ प्रहरीले प्रजातन्त्र समर्थित आन्दोलनमा सहभागी भएकाहरुलाई नियन्त्रणमा लिने, यातना दिने र जेल सजाय तोक्ने काम गरिरहेको छ । हङकङ सहरमा अहिले चिनियाँ जासुसहरुको बढ्दो बोलवाल छ । तर, पनि प्रजातन्त्रको माग गर्न भने अझै छोडेका छैनन् । उनीहरुमा प्रतिरोधको भावना भने अझै जिवित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: