×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन, कति छ भाउ ?

अर्थ सरोकार

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार

PRIME CA

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन, कति छ भाउ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस २७ गतेबाट आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४, एसियन लाइफ इन्स्योरेन्सको १ लाख २८ हजार ७९० कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख २ हजार ८६६ कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा आजसम्म मात्र आवेदन दिन पाइनेछ ।
नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ३०, सूर्या लाइफको सेयरमा न्यूनतम ३५०, एसियनको सेयरमा न्यूनतम ४३३ रुपैयाँ र नेसनल लाइफमा न्यूनतम ५०८ रुपैयाँ भाउ राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ४ वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि आवेदन पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: