×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा

PRIME CA

आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा

अर्थ सरोकार

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काबुल । पाकिस्तानले आफ्नो सार्वभौमिकता उल्लंघन गर्दै राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याएको भन्दै अफगानिस्तानले निन्दा थरेको छ । अफगानिस्तानको विदेश मन्त्रालयले मुलुकको राष्ट्रिय सार्वभौमिकता उल्लंघन गरेको आरोपमा पाकिस्तानको चर्को आलोचना र निन्दा गरेको हो । तर, यसअघि पाकिस्तानले भने तालिबानी नेताहरूलाई पाकिस्तानी इलाकाबाट सञ्चालन गर्न अनुमति दिएर पाकिस्तानले काबुल सरकार र “वार्तालापलाई सहज तुल्याउने” काम गरेको भन्दै श्रेय लिइरहेको छ ।
द एक्सप्रेस ट्रिब्युनको रिपोर्ट अनुसार पाकिस्तानले अमेरिकी र अफगान तालिबानबीचको फेब्रुअरी २९ मा भएको सम्झौताको मात्र नभई अफगान सरकार र तालिबानबीच वार्ता पनि सहजिकरण गरेको गर्ने श्रेय लिएको छ । २० दिनको ब्रेकपछि दोहमा अन्तर-अफगान वार्ता पुनः सुरु हुने भएको छ । 
“अफगान शान्ति प्रक्रियाले द्वन्द्वको राजनीतिक समाधानतर्फ प्रोत्साहनजनक प्रगति गरिरहेको छ, पाकिस्तानले अफगानिस्तानमा दिगो शान्ति र स्थायित्वको लागि आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ,” पाकिस्तान विदेश मन्त्रालयले गत आइतबार एक विज्ञप्तिमा भनेको छ । 
तालिबानी नेताहरूले पाकिस्तानमा आतंकवादी गतिविधिहरू जारी राखेको देखाइएको एक शृंखलाको भिडियो सार्वजनिक भएपछि अफगानिस्तानको विदेश मन्त्रालयले शुक्रवार पाकिस्तानले तालिबानी नेताहरूको उपस्थितिमा “अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकतालाई स्पष्ट रूपमा उल्लंघन गरेको” जनाएको छ । अफगानिस्तानले इस्लामाबादलाई “युद्ध र रक्तपातलाई निरन्तरता दिने विद्रोही तत्वहरूलाई आफ्नो इलाका प्रयोग गर्न नदिन” पनि आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: