
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । आज आइतबार ५ वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ । प्रभु बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी विकास बैंक, वरुण हाइड्रोपावर र सिभिल क्यापिटल मार्केटको वार्षिक साधारणसभा हुँदैछ । प्रभु बैंकको १९औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजेबाट सुरु भइसकेको छ । बैंकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश दिन लागेको हो । यस्तै नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारणसभा बिहान ११:३० बजे भर्चुअल मध्यमबाट सुरु भएको छ । बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर सहित २.४२% नगद लाभांश गरी कुल ८.४२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
यता लुम्बिनी विकास बैंकको साधारणसभा पनि केन्द्रीय कार्यालय डिल्लीबजारमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । वरुण हाइड्रोपावरको साधारणसभा पनि युनियन हाउस अनामनगरमा बिहान १० बजे जुममार्फत सुरु भइसकेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यता सिभिल क्यापिटल मार्केटको १२औँ वार्षिक साधारणसभा पनि सिटिसी मल सुन्धारामा बिहान ११ बजे जुममार्फत सुरु भएको छ । सभामा सिभिलले ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्