
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आज WEBINER मार्फत होटल हिमालय कुपण्डोल ललितपुरमा सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ का लागि बाह्य लेखा परिक्षकमा चार्टर्ड एकाउण्टेन्ट मदन निरौलालाई नियुक्त गरिएको छ । कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।
साथै कम्पनीको आ.व.२०७७/०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु.४८,८०,३३,४४५/६२ रहेको छ । खुद बीमाशुल्क आम्दानी रु.२३,०७,५२,४२६/२० रहेकोमा खुद नाफा रु २,२२,१२,१०२/५३ रहेको छ । कम्पनीको लगानी गत आ. व. को तुलनामा ३/९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९,८४,४२,१३१/७४ पुगेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ. व. २०७४/०७५ को तुलनामा २/२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५/६२ बीमाशुल्क आर्जन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्