×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता, महिन्द्राको गाडी किन्नेलाई सहुलियत कर्जा दिईने

LAXMI SUNRISE BANK
GLOBAL

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता, महिन्द्राको गाडी किन्नेलाई सहुलियत कर्जा दिईने

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । 
उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडका तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला ज्यूले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । 
बैंकले आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण सुबिधा प्रदान गरीरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी