×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा उत्पादित वस्तुहरुमा लगायो प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा उत्पादित वस्तुहरुमा लगायो प्रतिबन्ध

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा उत्पादित वस्तुहरुमा प्रतिबन्ध लगाएको छ । चीनको सिन्जियाङमा अल्पुसंख्यक उइगरहरुको जबरजस्ती श्रम शोषण गरेर वस्तुहरु उत्पादन गरिएका कारण उक्त वस्तुहरुमा अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकी सीमा संरक्षणका अनुसार अमेरिकाले बुधबार चीनको सिन्जियाङबाट कपास र टमाटर उत्पादनमा प्रतिबन्धको घोषणा गरेको हो । जनवरी १३ देखि लागु हुनेगरि अमेरिकी भन्सार र सीमा सुरक्षा विभागलाई उक्त वस्तुको आयातमा प्रतिबन्ध लगाउन निर्देशन दिइएहो हो । 
‘जनवरी १३ देखि अमेरिकी भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले चीनको सिन्जियाङ उइगर स्वायत्त क्षेत्रमा उत्पादन हुने कपास उत्पादन र टमाटर उत्पादनलाई रोक्न‍े काम गर्नेछ’, एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सिन्जियाङमा चीनले लाखौं उइगरहरुलाई यातना हिरासतमा राखिएको छ । उनीहरुको श्रम शोषणका लागि विभिन्‍न कम्पनीहरुमा लगाउने गरिएको छ । प्रतिबन्धित उत्पादनहरूमा कपडा, टमाटरको बीउ, क्यान्ड टमाटर, टमाटर ससलगायतका वस्तुमा प्रतिबन्ध लगाइएको छ ।
सीबीपीका कार्यवाहक आयुक्त मार्क ए मोर्गनले भने, ‘सीबीपीले चिनियाँ सरकारले उचित बजार मूल्यभन्दा कम संयुक्त राज्य अमेरिकामा सामान आयात गर्ने आधुनिक दासत्वको शोषणलाई सहने छैन ।’ चीनले उइगरमा नयाँ नरसंहार सुरु गरेको बताइएको छ । चीनको यस कदमको चौतर्फी विरोध र आलोचना भए पनि चीनले उइगरहरुलाई नियन्त्रणमा लिने र अल्पसंख्यक संस्कृतिलाई ध्वस्त पार्ने काम गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी