×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दमौलीमा घर निर्माण कार्यमा व्यस्त महिला, बागलुङको बलामकोटमा रमाउँदै आन्तरिक पर्यटक

PRIME CA

देश बोल्ने फोटो कथा : दमौलीमा घर निर्माण कार्यमा व्यस्त महिला, बागलुङको बलामकोटमा रमाउँदै आन्तरिक पर्यटक

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तनहुँको जिल्लाको सदरमुकाम दमौलीमा घर निर्माण कार्यमा व्यस्त महिलादेखि बागलुङ नगरपालिका–८ सिगानास्थित पर्यटकीयस्थल बलामकोटमा रमाउँदै गरेका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
जिल्लाको सदरमुकाम दमौलीमा घर निर्माण कार्यमा व्यस्त महिला । पछिल्लो समय विकास–निर्माणका कार्यमा महिला अग्रसर बन्दै गएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानास्थित पर्यटकीयस्थल बलामकोटमा रमाउँदै आन्तरिक पर्यटक ।
चिसोमा ओढ्नका लागि प्रयोग हुने न्यानो कपडा बेच्नका लागि साईकलमा जाँदै गरेका बेदकोट नगरपालिका–५ धर्मपुरका घुमन्ते व्यापारी ।
बैतडीको डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको महादेव माविका विद्यार्थी घाममा बसेर पठनपाठन गर्दै । पछिल्लो केही दिन यता चिसो निकै बढेको छ ।
पोखराको बाराही घाट छेउमा बसेर टोपी बुन्दै महिला ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल निकासबाट हेर्दा देखिएको कुहिरोले ढाकिएको भोजपुरको दृश्य ।
पोखराको धार्मिक पर्यटकीयस्थल फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जाँदै भक्तजन । 
केही दिनयता बदली रहेको आकाश खुलेसँगै बुधबार बिहान बागलुङ बजारको काखमा देखिएको धौलागिरि हिमाल ।
पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक । 
नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा काठमाडौँको भद्रकाली खेल मैदानमा बुधबार भएको ‘प्रधान सेनापति ट्रफी २०७७’ उद्घाटन समारोहमा सहभागी खेलाडी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: