×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले लगायो पाकिस्तानी यात्रुहरुमाथि अस्थायी प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीनले लगायो पाकिस्तानी यात्रुहरुमाथि अस्थायी प्रतिबन्ध

Artha Sarokar

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चीनले पाकिस्तानी यात्रुहरुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । कोभिड–१९ महामारी बढ्दै गएपछि पाकिस्तानी यात्रुहरुमाथि प्रतिबन्ध लगाएको हो । यसअघि चीन गएका १० जना पाकिस्तानी यात्रुहरुहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले यस्तो निर्णय गरेको हो । जी न्युजका अनुसार चीनले पाकिस्तानी एयरलाइन्समाथि पनि उडान गरेका छन् । पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानलाई तीन साता प्रतिबन्ध लगाएको जियो न्युजले जनाएको छ । पीआईएका प्रवक्ता अब्दुल्लाह हाफिजले कोरोना महामारीलाई ध्यानमा राख्दै केही समयमा लागि उडानमा प्रतिबन्ध लगाइएको छ । 
बिहीबार, चीनमा १४४ जना कोभिड(१९ संक्रमण देखिएको छ । १० महिनापछि चीनमा फेरि कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ । सन् २०१९ को सुरुवातमा फेला परेको कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा फैलिन थालेपछि चीनमा तीनवटा प्रान्तका ११ सहरहरुमा लकडाउन घोषणा गरिएको हो । कोरोना संक्रमणको तीव्रतालाई रोक्‍न बृहत परीक्षण अभियान सञ्‍चालन गरिएको छ । चिनियाँ अधिकारीहरुले बृहत परीक्षण अभियान थालेसँगै आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै मानिसहरुलाई घरबाहिर ननिस्किन निर्देशन जारी गरेका छन् । प्रतिबन्धात्मक नियमहरु लकडाउनकै जारी गरे पनि यसलाई लकडाउन भन्‍ने शब्द भने प्रयोग गरेका छैनन् ।
स्थानीय अधिकारीले जारी गरेको निर्देशनमा लकडाउन भन्‍ने शब्द भने प्रयोग गरिएको छैन । चीनको उत्तरपूर्वी राज्य हेइलोङजियाङ प्रान्तका पाँच क्षेत्रहरु झाओदोङ, किङगाङ, सुइहुवा, अगाङ्‌सीको सीसीहार र हुलान जिल्लाको हार्बिनमा प्रतिबन्धात्मक नियमहरु जारी गरिएको छ । स्थानीयहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाउनुका साथै सवारीसाधन सञ्‍चालनमा रोक लगाइएको छ । त्यसैगरी सीमा प्रवेशमार्ग बन्द गरिएका छन् । त्यसैगरी हुबेइ प्रान्तका लोङयाओ, गुआन, नाङगोङ र सिजिहुआङ सहर सिल गरिएका छन् । हुबेइका स्वास्थय अधिकारीहरुका अनुसार सोमबार ५४ जनाका कोरोना संक्रमण देखिएको छ । अन्य ६ जनामा लक्षण नभएको कोरोना संक्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी