×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तसहित ७ वटा संस्थाको सेयर मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ कारोबार ? (विवरणसहित)

PRIME CA

लक्ष्मी लघुवित्तसहित ७ वटा संस्थाको सेयर मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ कारोबार ? (विवरणसहित)

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शुक्रबार ७ वटा संस्थाको सेयर मूल्य समायोजन भएको छ । लक्ष्मी लघुवित्त, विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । 
लक्ष्मी लघुवित्तको १५% बोनस सेयरपमा मूल्य समायोजन भएको हो । समायोजनपछिको भाउ १३३५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । यता विजय लघुवित्तको १९% बोनसमा मूल्य समायोजन भएर प्रतिकित्ता १०६८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । 
यस्तै नेप्सेले मेरो माइक्रोफाइनान्सको १६.९४% बोनस सेयरपछिको मूल्य पनि समायोजन गरेको छ । समायोजनपछिको भाउ ८६८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ ।  सूर्या लाइफको ५% र प्राइम लाइफको ७% बोनस सेयरमा मूल्य समायोजन भएको हो । सूर्या लाइफको ५% बोनस सेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता भाउ ६७४ रुपैयाँ कायम भएको छ । आइतबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुल्नेछ । साथै प्राइम लाइफको ७% बोनस सेयरपछिको भाउ प्रतिकित्ता ७६६ रुपैयाँ कायम भएको छ । आइतबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।
यता बुटवल पावरको १०% बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने समायोजनपछिको भाउ ४०५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । छ्याङदी हाइड्रोपावरको ५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १५५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: