×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ सैन्य कम्पनीहरुको धितो लगानीले उत्पन्‍न गर्ने खतरालाई सम्बोधन गर्ने आदेश निवर्तमान अमेरिकी राष्ट्रपतिद्धारा संशोधन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिनियाँ सैन्य कम्पनीहरुको धितो लगानीले उत्पन्‍न गर्ने खतरालाई सम्बोधन गर्ने आदेश निवर्तमान अमेरिकी राष्ट्रपतिद्धारा संशोधन

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सैन्य कम्पनीहरुको धितो लगानीले उत्पन्‍न गर्ने खतरालाई सम्बोधन गर्न एक कार्यकारी आदेशको संशोधन गरेका छन् । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार (स्थानीय समय) मा चिनियाँ सैन्य कम्पनीहरूलाई फाइनान्स गर्ने धितोको लगानीको खतरालाई सम्बोधन गर्न कार्यकारी आदेशमा संशोधन गरेका हुन् । ‘अमेरिकी नागरिकलाई सरकारले तोकेका चिनियाँ कम्पनीहरुमा लगानी नगर्न आग्रह गरेको छ’, बिहीबार प्रकाशित कार्यकारी आदेशमा भनिएको छ । आदेशका अनुसार अमेरिकी लगानीकर्ताले आफ्नो लगानी फिर्ता लिन पाउनेछन् र चिनियाँ सेनासँग सम्बन्धित रहेका कम्पनीहरुमा लगानी गर्न पाउने छैनन् । 
नयाँ आदेशले नोभेम्बरमा प्रकाशित अघिल्लो निर्देशनलाई संशोधन गर्दै चिनियाँ कम्पनीको धितो खरिद गर्न अमेरिकीहरुलाई प्रतिबन्ध लगाइएको छ । यसअघिको नोभेम्बर १२ मा जारी गरिएको आदेशलाई संशोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सैन्यसँग सम्बन्धित कम्पनीहरूको धितोबाट थप खतरा उत्पन्‍न हुने भकएकोले कम्पनीको स्वामित्व वा कारोबारमा व्यक्ति, पेन्सन कोष र विश्वविद्यालयको आर्थिक सहयोगसहित अमेरिकी लगानीकर्तालाई प्रतिबन्ध लगाएको हो । चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका कम्पनीहरुमाथिको प्रतिबन्ध जनवरी ११ देखि लागु हुने भएको छ । अमेरिकाले केही चिनियाँ कम्पनीहरुलाई धितोपत्रको सूचीबाट नै हटाइएको छ । 
उक्त आदेशले न्युयोर्क सेयर एक्सचेन्जलाई चाइना मोबाईल, चाइना टेलिकम र चाइना युनिकोमबाट चिनियाँ कम्पनीलाई सूचीबाट हटाउने अनुमति दिएको हो । यद्यपि वाल स्ट्रीट जर्नल पत्रिकाका अनुसार चिनियाँ टेक जियान्ट्स अलिबाबा, टेन्सेन्ट र बायडुलाई भने उक्त प्रतिबन्धबाट छुट दिइने भएको छ । ती ३ कम्पनीहरूलाई अमेरिकी ब्ल्याकलिस्टमा राख्नुपर्दा आर्थिक नतिजाको भार हुने बताइएको छ । ट्रम्प प्रशासनले यसअघि ५५ चिनियाँ सैन्य कम्पनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: