×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले देशभर एकैदिन थप ७ वटा नयाँ शाखा संचालनमा ल्यायो, कुन-कुन जिल्लामा पुग्यो सेवा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले देशभर एकैदिन थप ७ वटा नयाँ शाखा संचालनमा ल्यायो, कुन-कुन जिल्लामा पुग्यो सेवा ?

Artha Sarokar

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन थप ७ वटा नयाँ शाखा खोलेको छ । बैंकले आज पुस २१ गते भर्च्युअल माध्यमबाट थप ७ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । बंैकले बाँकेको कोहलपुर, मुस्ताङ्गको लेते, ललितपुरको भोलढोका, भक्तपुरको सुकुलढोका, काठमाडौंको कपन, नरेफाट र टोखामा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको हो 
जसमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाण्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्यअभिषेक बज्राचार्यबाट, काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपानेबाट र काठमाण्डौं जिल्ला, टोखाशाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो ।
यससँगै बैंकको शाखा संजाल १२० पुगेको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकलाई प्रदान गदै आएको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२ अर्ब ४२ करोड रुपैयाँ र कर्जा रकम ६६ अर्ब ९३ करोड रुपैयाँ परिचालन गरी २२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी