×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरी हिल्स लि. ले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा आज ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स लि.र क्यापीटलबीच बिहिबार शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्स लि. को तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे । 
हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर जारी गरी शेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिई आन्तरिक पर्यटनलाई प्रोत्साहन गरेको चन्द्रागिरी हिल्स लि.को अधिकृत पुँजी रु. २ अर्ब र जारी पुँजी रु. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । 
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न कम्पनीले केबुलकार सञ्चालनमा ल्याई चन्द्रागिरीलाई एक उत्कृष्ट गन्तब्य स्थलको रुपमा परिचित गराएको छ भने भ्यु टावर र बुटिक होटेल पनि सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: