×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको दबाबको बेला अमेरिकाले सहयोग गरेको भन्दै तइवानद्वारा अमेरिकालाई धन्यवाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनको दबाबको बेला अमेरिकाले सहयोग गरेको भन्दै तइवानद्वारा अमेरिकालाई धन्यवाद

Artha Sarokar

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताइपेइ । चीनको दबाबको बेला अमेरिकाले सहयोग गरेको भन्दै ताइवानले धन्यवाद दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत ताइवानसँग सम्बन्ध सुदृढ पार्ने योजना वाशिङ्टनले सार्वजनिक गरेपछि ताइवानले आइतबार अमेरिकाप्रति आभार व्यक्त गरेको हो । “हामी बेइजिङको निरन्तर दबाबको सामना गर्दै आएका थियौं । अमेरिकाले ताइवानको प्रजातान्त्रिक समर्थन गरेकोमा अमेरिकी विदेश मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छौं । साझा मुल्य र चासोका आधारमा हामी हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्वलाई अगाडि बढाउन संयुक्त राज्यसँगको साझेदारीमा प्रतिबद्ध छौं,” ताइवानको विदेश मामिला मन्त्रालयले ट्वीटमा भनेको छ ।
ताइवानको हवाई रक्षा पहिचान क्षेत्रमा धेरै चिनियाँ लडाकू विमान प्रवेश गरेको केही घण्टापछि अमेरिकाले आफ्नो छिमेकीहरूलाई तर्साउने चिनियाँ प्रयासको वृद्धिलाई चिन्तित तुल्याएको र बेइजिङलाई ताइपेइविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दवाव बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार वाशिङ्टनका मित्र र सहयोगीहरुसँग “हिन्द-प्रशान्त क्षेत्रको साझा समृद्धि, सुरक्षा र मूल्यमान्यताहरुका लागि अग्रसर हुने’ प्रतिबद्धता जनाएको छ । जो बाइडेनले अमेरिकी राष्ट्रपति पद ग्रहण गरेको केही दिनपछि चीनले ताइवानको आकाशमा चिनियाँ वमवर्षक र लडाकु विमानहरूको उडान गरेको थियो ।
ताइवान रक्षा मन्त्रालयले भने ताइवानको वायुसेनाले १० चिनियाँ लडाकू विमानहरु ताइवानको दक्षिणपश्चिमी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेको जनाएको थियो । “संयुक्त राज्यले ताइवानलगायत आफ्ना छिमेकीहरूलाई डराउने प्रयासमा चलिरहेको पीआरसीको रणनीति गम्भीररुपमा लिएको छ । हामी बेइजिङलाई ताइवानकविरुद्धको सैनिक, कूटनीतिक र आर्थिक दबाब रोक्न र त्यसको साटो ताइवानको प्रजातान्त्रिक तवरले चुनिएका प्रतिनिधिहरुसँग अर्थपूर्ण वार्तामा लाग्‍न आग्रह गर्दछौं,” राज्य विभागको विज्ञप्तिमा भनिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी