×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकासशील विश्‍वका लागि चिनियाँ खोपको निरशाजनक नतिजा

PRIME CA

विकासशील विश्‍वका लागि चिनियाँ खोपको निरशाजनक नतिजा

अर्थ सरोकार

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बेइजिङ । चीनमा उत्पत्ती भएको कोरोना प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको दोस्रो विश्‍वयुद्धपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । यसका लागि विभिन्‍न विकसित मुलुकहरुले खोप विकास गरेर प्रयोगसमेत गरिरहेका छन् । पश्‍चिमा मुलुकहरु बेलायत, अमेरिका, अस्ट्रे्लिया, रुस, चीनदेखि भारतसम्म कोरोनाविरुद्धको खोप लगाएको छ । अन्य मुलुकले खोप विकास गरेर खोप लगाउन थालिसकेका छन् । अन्य मुलुकले उत्पादन गरेका खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको तथ्या र तथ्यांकहरु सार्वजनिक भइरहेका समयमा चीनले विकास गरेको खोप सिनोभ्याकको भने निराशाजनक नतिजा देखिएको हो । 
चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०।४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । नयाँ तथ्यांकले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ । ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो । बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो । यसले मृतप्रायः कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ । गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड-१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । 
तर मंगलबार उनीहरूले सो तथ्यांकमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन् । त्यो तथ्यांक पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटले भने सो खोप उपचार आवश्यक पर्ने मध्यम सङ्क्रमणमा ७८ प्रतिशत र गम्भीर सङ्क्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ । गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो । यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: