×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्विटरले हटायो चिनियाँ उइगर महिलाहरुलाई अपमान गर्ने चिनियाँ दूतावासको पोस्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ट्विटरले हटायो चिनियाँ उइगर महिलाहरुलाई अपमान गर्ने चिनियाँ दूतावासको पोस्ट

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चिनियाँ दूतावासले ट्विटरमा चिनियाँ उइगर महिलाहरुलाई अपमान गर्ने पोस्ट गरेको भन्दै माइक्रो बलिङ साइट ट्विटरले हटाएको छ । चीनले कट्टरपन्थी उन्मुलन गर्नका लागि गरिएको प्रयासको नतिजाको परिणामस्वरूप सिन्जियाङमा महिलाले ‘मुक्ति पाएको’ भनेर दाबी गरेको थियो । अमेरिकास्थित चिनियाँ दूतावासले उइगर महिलाहरुलाई चरमपन्थबाट ‘मुक्ति’ दिइएको र अब उनीहरु ‘बच्चा बनाउने मेसिन’ नभएको पोस्ट गरेको थियो ।
यस पोष्टले सिन्जियाङमा जबरजस्ती बाझोपन गरिएकी महिलाहरुको अपमान गरेको भन्दै ट्विटरले उक्त पोस्ट हटाएको हो । ट्विटरले यो पोष्टले ‘ट्विटर नियमहरूको उल्लंघन गरेको’ भनेको छ तर थप विवरण प्रदान गरेको छैन । चिनियाँ मुखपत्र चाइना डेलीको एक लेखमार्फत भनेको छ, ‘अध्ययनले देखायो कि उग्रवाद उन्मूलन गर्ने क्रममा सिन्जियाङमा उइगुर महिलाहरु मुक्त भएका छन् । लैंगिक समानता र प्रजनन स्वास्थ्यको प्रबर्द्धन गरिएको छ र उनीहरुले अब बच्चा जन्माउन सक्ने छैनन् । महिलाहरु बच्चा जन्माउने मेसिन होइनन् । महिलाहरु पनि बढी विश्वस्त र स्वतन्त्र छन् । ’
यो वाक्यांशले सिन्जियाङमा महिलाहरुलाई बाझोपन गराइएको भन्‍ने पुष्टि हुन्छ । सिन्जियाङ विकास अनुसन्धान केन्द्रको एक अप्रकाशित अध्ययनले सन् २०१८ मा यस क्षेत्रको जन्मदर र जनसंख्या वृद्धिदर घट्ने जनाएको थियो । चीनले धार्मिक र सांस्कृतिक सफायाका लागि सिन्जियाङमा अल्पसंख्यक उइगरहरुको नरसंहार गरिरहेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: