गुलमर्ग । जम्मु-काश्मीरको गुलमर्ग जिल्लाको पर्यटन विभागले सन् २०२१ लाई हर्षोल्लास र खुसीयालीका साथ मनाउने केन्द्र शासित प्रदेशभरका केही कलाकारहरूको सांगीतिक प्रदर्शन गरेका छन् । नयाँ वर्षमा थुप्रै पर्यटकहरुलाई आकर्षण गर्ने उद्देश्यका संगीत र नाट्य प्रदर्शन गर्ने योजना अघि बढाइएको हो । कोभिड-१९ महामारीका कारण चलचित्र उद्योगहरु बन्द भएको धेरै महिनापछि जिल्ला पर्यटन उद्योगले नयाँ सांगीतिक कार्यक्रम गरिएको हो ।
‘२०२० हाम्रो लागि चुनौतीपूर्ण वर्ष भएको छ । गुलमर्ग अहिले पर्यटकहरूले भरिएको छ । यति धेरै मानिसहरुलाई बस्ने सुविधा छैन,’ जिल्लाका नयाँ वर्षको कार्यक्रममा प्रदर्शन गर्ने आरजे रफीक भन्छन् । उनले पर्यटकको आगमनले आउँदो वर्षको लागि आशा ल्यायो । ‘यो केवल कोभिड-१९ ले मानिसहरुलाई संक्रमित मात्र पारेको छैन तर यसको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ । धेरैलाई मनोरञ्जनको कुनै स्रोत थिएन, उदासिनता थपिएको छ । आज मानिसहरूले नयाँ वर्षलाई खुशीको साथ स्वागत गरिरहेका छन् र हामी आशिष्को लागि प्रार्थना गर्दछौं । मलाई आशा छ, एउटा नयाँ सुरुवात हेर्नका लागि यस धेरै पर्यटकको उपस्थिति राम्रो संकेत हो र पर्यटन उद्योगको लागि आशाको किरण हो, ’उनले थपे ।
अरूले पनि रफिकको भावनालाई प्रतिध्वनित गर्दै तिनीहरू महामारीको प्रभावपछि वित्तीय सुधारको आशा गर्दछन् । ‘यो आउने वर्ष विशेष हो । किनभने यो २०२० हाम्रो लागि विशेष तनावपूर्ण थियो । मानिसहरूलाई आर्थिक रूपमा कुल्चियो तर हामी खुशी छौं कि पछिल्ला तीन महिनामा आर्थिक क्रियाकलापहरू सुधार हुन थालेको छ,’ समारोहका एक परिचारकले भने । पर्यटन विभागको कार्यक्रममा सांगीतिक कार्यक्रम र मञ्च नाटकहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा एक छोटो नाटक प्रदर्शन गर्ने लोकप्रिय टेलिभिजन अभिनेता नाजीर जोशले भने, ‘यो वर्ष कोभिड(१९ महामारी, हडताल र विरोध्जस्ता दुर्भाग्यपूर्ण चीजहरूले भरिएको थियो । मलाई आशा छ कि आउँदो वर्ष हामी सबैको लागि रमाइलो हुनेछ ।’