×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले धार्मिक स्वतन्त्रतालाई दमन गर्नका लागि थप कडा नियमहरु बनाउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले धार्मिक स्वतन्त्रतालाई दमन गर्नका लागि थप कडा नियमहरु बनाउँदै

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । चीनले धार्मिक स्वतन्त्रतालाई दमन गर्नका लागि थप कडा नियमहरु बनाइरहेको छ । यसअघिदेखि अल्पसंख्यक धार्मिक समुदायहरुलाई दमन गर्दै आएको चीनले पछिल्लो थप नयाँ नियमहरु बनाउन थालेको हो । सी जिनपिङ नेतृत्वको नास्तिक चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले धार्मिक विश्‍वास र स्वतन्त्रतामाथि प्रहार गर्न आक्रामक नियम बनाउने प्रक्रिया थालनी गरेको छ । चीनले धार्मिक मामिलाहरुमा विदेशी प्रभावलाई सीमित तुल्याउन विभिन्‍न नियमहरु ल्याएको छ ।
यसको उद्देश्य धर्मलाई जबरजस्ती नियन्त्रणमा लिने र धार्मिक संस्थालाई सीसीपीको विचारधारा अनुरुप अघि बढाउने नियम बनाउने प्रक्रिया अघि बढाएका छन् । चीनको प्रशासनलाई नयाँ वर्षसँगै चीनमा रहेका विदेशी धर्मगुरुहरु र धर्ममा विश्वास गर्नेहरुका धार्मिक गतिविधिलाई नियन्त्रण गर्दै चिनियाँ विशेषतासहितको धर्मको अनुरुप गतिविधि गर्न बाध्य पार्नका लागि नयाँ नियमहरु ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नोभेम्बरको मध्यमा न्याय मन्त्रालयले ल्याएको ‘जन गणतन्त्र चीनमा विदेशी धार्मिक गतिविधिहरूको व्यवस्थापनू को प्रावधानसम्बन्धी मस्यौदा नियमावलीमा सार्वजनिक टिप्पणी व्यक्त गर्नका लागि डिसेम्बर १७ सम्मको समय खुला गरिएको थियो । 
यो नै यस वर्षको पहिलो कानुन बन्‍ने अपेक्षा गरिएको छ । पाँच भागमा विभाजन गरिएको यस ऐनमा ४० धारा राखिएका छन् । पहिलो भागको धारा १ देखि ५ सम्म मुख्यरुपमा विदेशीहरू, धर्म र चीनमा विदेशीहरूको धार्मिक गतिविधि’ जस्ता शर्तहरू परिभाषित गरिएका छन् । धारा ५ मा ‘चिनियाँ भूमिमा कुनै पनि धार्मिक गतिविधि गर्ने विदेशीहरूले चीनको कानून, नियम र प्रावधनहरुको पालना गर्नुपर्ने, चिनियाँ धर्मको स्वतन्त्रताको सिद्धान्तको सम्मान गर्नुपर्ने र चीनमा सार्वजनिक व्यवस्था र राम्रो प्रणालीको उल्लंघन गर्नु नहुने’ उल्लेख गरिएको छ । नयाँ नियमको भाग १ मा राखिएको ‘चीनको धार्मिक स्वतन्त्रताु भन्‍ने वाक्यांशको प्रयोगले देशलाई विदेशी धार्मिक प्रभावबाट मुक्त गर्ने सरकारको प्रयासलाई जोड दिन्छ । 
यो मुख्यतया इसाई समूहहरूलाई लक्षित गरिएको छ किनकि क्रिश्चियन भनेको सबभन्दा द्रुतरुपमा वृद्धि भइरहेको धर्म हो र पछि गएर विदेशीहरूले इसाईको रूपमा जीवन बिताउन चीनमा स्वतन्त्रता पाएका छन् । नयाँ नियमहरूको कार्यान्वयन भएपछि चीनले भ्याटिकनबाट चीनका ईसाईहरूको स्वतन्त्र धार्मिक स्वतन्त्रता सम्बन्धी कुनै पनि सम्भावित कदम चाल्‍नसक्ने र बिशपको खाली ठाउँ भर्ने र भ्याटिकनबाट बेइजिङमा आफ्नो प्रतिनिधित्व पाउन कुनै दबाबको सम्भावित दबाबको पनि लक्ष्य राखेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी