×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेइजिङमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानलाई तत्काल रिहा गर्न ईयूको आग्रह

PRIME CA
GLOBAL IME BANK

बेइजिङमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानलाई तत्काल रिहा गर्न ईयूको आग्रह

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

ब्रसेल्स । चीनमा कोरोना प्रकोपबारे रिपोर्टिङ गर्न पत्रकार पक्राउ गरेको भन्दै युरोपियन युनियन (ईयू) ले चीनको चर्को आलोचना र निन्दा गरेको छ । युरोपियन युनियनको एक्सटर्नल एक्सन सर्भिसले बुधबार बेइजिङमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानलाई तत्काल रिहा गर्नसमेत माग गरेको छ । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानको रिहाका लागि आग्रह गरेका छन् । झाङलाई कोरोना प्रकोप सुरु भएको भन्दै लाइभ प्रसार गरेको र समाचारहरु लेखेर नागरिक सूचित गरेपछि चिनियाँ अधिकारीहरुले उनलाई अगस्तमा नियन्त्रणमा लिएको थियो । 
झाङले फेब्रुअरीमा वुहानबाट कोरोना भाइरसको प्रकोपलाई कभर गरेकी थिइन् । जसमा चिनियाँ अधिकारीहरूले यसका फैलावटलाई नियन्त्रण गर्नका लागि प्रयोग गरेका विधिहरू र स्थानीय अस्पतालहरूको अवस्थाको बारेमा पर्दाफाश गरेकी थिइन् । सांघाइ अदालतले पूर्वअधिवक्तासमेत रहेकी झाङलाई विवाद फैलाउने सूचना प्रसार गरेको आरोपमा चार वर्षको जेल सजायसमेत सुनाएको छ । उनको रिहाइका लागि विश्वभरबाट माग भइरहेको छ । संयुक्त राज्य अमेरिकाले पनि उनको पक्राउप्रति निन्दा गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ । 
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले एक विज्ञप्तिमा भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाले चीन गणतन्त्र (पीआरसी) को लाजमर्दो कारबाही र नागरिक पत्रकार झाङ झानको नियन्त्रणको घटनाको कडा निन्दा गर्दछ। हामी पीआरसी सरकारलाई तत्काल झाङलाई बिना शर्त रिहा गर्न आग्रह गर्दछौं ।’पोम्पिओले विश्वले वुहानमा कोरोना भाइरस प्रकोप र यसको फैलावट रोक्न क्रुर उपायहरू कार्यान्वयन गर्ने सम्बन्धमा वास्तविक स्थिति बुझ्नका लागि झाङजस्ता नागरिक पत्रकारहरूको सेन्सर गरिएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: