×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ बाट सुरु हुने, सेयर स्वाप रेसियो कति ?

अर्थ सरोकार

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार

PRIME CA

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ बाट सुरु हुने, सेयर स्वाप रेसियो कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ बाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट मंसिर १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट पुस ३ गते दुवै संस्थाले एकीकृत कारोबार गर्न  अन्तिम स्वीकृति पाइसकेको छ । अब नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै संस्थाको असोज २६ गते सम्पन्न साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.३० सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ । जसअनुसार सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा जाने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: