- अर्थ सरोकार सम्बाददाता
चितवन । सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । यससंगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग भुक्तनी गर्न सक्ने बैंकएल जनाएको छ ।
बैंकले ११४ शाखा तथा ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरीरहेको छ । बैंकले ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।