- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो ।