×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान

Artha Sarokar

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत हाम्रो विकास प्रवर्द्धन कोषबाट कपिलवस्तु सामुदायिक अस्पताललाई एकथान बेबी र्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्‍न सहयोग गर्छ ।
बैंकका तर्फबाट लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, जितपुर शाखा प्रबन्धक लक्ष्मण केसी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्‍जयबहादुर सिंहले संयुक्त रुपमा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, वाणगंगा नगरपालिका ४, कपिलवस्तुका वडाध्यक्ष गणेशबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।
यस अस्पतालमा प्रसूतिसेवा लिन आउने वार्षिक करिब पाँच सयजना प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाइएको छ । सोही अवसरमा राष्ट्रिय आविष्कार केन्द्रले पीपीई र फेससिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्रीसमेत अस्पताललाई प्रदान गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी