- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २४ हजार १८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २४ हजार १८० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यो सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संगठित, संघ संस्थाले फागुन १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले सेयरको मूल्य खुलाई लघुवित्तको कर्पोरेट कार्यालय सितापाइला काठमाडौँसम्म आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।