×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनिराम शर्मा बने राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष, लिए पद तथा गोपनीयताको शपथ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धनिराम शर्मा बने राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष, लिए पद तथा गोपनीयताको शपथ

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम उनले शपथ लिएका हुन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको थियो । शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव समेत हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको उपस्थिति रहेको थियो । साथै अन्य उच्च पदाधिकारीहरू सँगै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: