- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७९ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९ रुपैयाँ २२ पैसा रहेको छ । यता, कतारी याल एकको खरिददर ३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :