- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले १५.७९% लाभांश दिने घोषणा गरेको छ । संस्थालेको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।