×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिले यहुदी, अहिले उइगरहरुः किन चाहन्छ वक्सवैगन अर्को नरसंहार

PRIME CA
GLOBAL IME BANK

पहिले यहुदी, अहिले उइगरहरुः किन चाहन्छ वक्सवैगन अर्को नरसंहार

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

जर्मनी । जर्मनीमा एडोल्फ हिटलरले यहुदीहरुको नरसंहार गरेजस्तै गरी अहिले चीनमा पनि उइगरहरुको नरसंहारको गर्न थालिएको छ । केही उइगर अधिकारकर्मीहरु रहिमा महमुत, मिया हसेनसन, ब्लेयर म्याकडोगल, माइकल पोलाक, बेनेडिक्ट रोजर्स र सेल्डोन स्टोनलगायतले चीनस्थित वक्सवैगलनमा कार्यकारी प्रमुखलाई एक पत्र लेखका छन् । उनीहरुले जर्मनका तानाशाह एडोल्भफ हिटलरले स्थापना गरेको व्कसवैगन कार कम्पनी वक्सवैगनको चीन शाखाका सीईओ स्टेफान वुलनस्टेनलाई पत्र पठाउँदै किन वक्सवैगनले उइगरहरुको नरसंहारलाई साथ दिइरहेको छ भन्दै प्रश्‍न गरेका छन् । 
पत्रमा भनिएको छ, ‘गत हप्ता, बीबीसीको एक अन्तर्वार्तामा, तपाईंले आफ्नो कम्पनीको चीनको उइगर क्षेत्रमा कार प्लान्ट सञ्चालन गर्नेक्रम जारी रहेको निर्णयकारे जानकारी गराउनु भयो । जहाँ जबरजस्ती उइगर मुस्लिमहरुलाई श्रम शोषण गरिन्छ, जहाँ २० लाखभन्दा बढी उइगरहरुलाई यातना शिविरमा हिरासतमा राखिएको छ ।’ ७५ हजारभन्दा बढी विश्वका नेताहरुले यस मानवअधिकारको चरम उल्लंघनको निन्दा गर्नुका साथै क्यानडाको संसदसहितले यसलाई ‘नरसंहार’ अथवा ‘सम्भावित नरसंहार’ को संज्ञा दिएका छन् ।
त्यहाँ महिलाहरुलाई जबरजस्ती बाँझोपन गराउने, बालबालिकाहरुलाई उनीहरुको परिवारबाट अलग गराउने र हान चाइनिज् बोर्डिङ स्कुलमा पढाउने, महिलाहरुलाई यौन शोषण गर्नेलगायतका काम गरिरहेका छन् । ‘यद्यपि तपाइँले अन्तर्वार्तामा भन्‍नुभएको छ कि तपाइँको कुने श्रम शोषण नगरी काम गरेर देखाउनु हुनेछ । यो कसरी सम्भव हुन्सक्छ ?’ पत्रमार्फत वक्‍सवैगनका सीईओलाई प्रश्‍न गरेका छन् । तर अनुसन्धानहरुले वक्सवैगनले लगातार आफ्नो कार उत्पादनमा उइगरहरुको श्रम शोषण गर्नुका साथै उनीहरुलाई दास बनाएको सार्वजनिक हुने गरेको छ । 
नैतिक ट्रेडिङ इनिसिएटिभ र फेयर लेबर एसोसिएसनको प्रमाणले पनि त्यहाँ उइगरहरुको चरम श्रम शोषण गरेको पुष्टि गरेको बताइएको छ । वास्तवमा, पाँच आपूर्ति श्रृंखला अडिटिंग जायन्ट्स र उत्तम कपास इनिसिएटिभले यस क्षेत्रमा काम गर्न अस्वीकार गरिरहेका छन् । तर वक्सवैगनले भने यस क्षेत्रमा काम सञ्‍चालन गरिरहेको छ । वक्‍वैगनमा यहुदीहरुको नरसंहारमा भूमिका खेलेकोले उइगरहरुको नरसंहारमा पनि वक्सवैगन अघि बढेको पाइन्छ । २१ औं शताब्दिमा पनि श्रम शोषणलाई निरन्तरता दिने र नरसंहारलाई सघाउने काम नगर्न पत्रमार्फत आग्रह गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: