
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४४ पुगेको छ ।
बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं.७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्तरुपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /DISH HOME/CDMA/ UTL/ NCELL/ NEA को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने भएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ वटा शाखा सञ्जाल, २ सय ४० वटा एटिएम, २ सय ४४ वटा शाखारहित बैंकिङ सेवा र ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्