- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला आज ४ सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ५६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।