- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सुनको मूल्य उकालो लागेको छ । सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज १ हजार १ सयले बढेर प्रतितोला ९६ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ६५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।