- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज ८ सयले बढेर प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १३६ रुपैयाँ कायम गरेको छ ।