- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज बढेर ९२ हजार ९८ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ३४ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य भने ७८ हजार ९ सय ६० रुपैयाँ तोकेको छ । यस्तैगरी प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।