- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छापावाला आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ७०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० कायम गरेको छ ।