- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला आज ४ सयले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ८७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।