×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थ सरोकारका पत्रकारमाथि जे भयो, गलत भयो…प्रेस संगठन नेपाल दोषीमाथि कारवाही नभएसम्म लागिरहन्छ’ : हरिश बिक

PRIME CA

‘अर्थ सरोकारका पत्रकारमाथि जे भयो, गलत भयो…प्रेस संगठन नेपाल दोषीमाथि कारवाही नभएसम्म लागिरहन्छ’ : हरिश बिक

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच प्रेस संगठन नेपालका संयोजक हरिश बिकले घटनाको निन्दा गरेका छन् ।
‘अर्थ सरोकारका पत्रकारमाथि जे जस्तो दुर्व्यवहार भयो, त्यो निन्दनीय छ । यसको जति भ्रत्सना गरे पनि पुग्दैन । संचारकर्मीमाथि भएको दुर्व्यवहारको प्रेस संगठन नेपाल निन्दा र भ्रत्सना गर्दछ ।’ संयोजक बिकले भने, ‘यस्तो गलत काम गर्ने मालपोतका हाकिमविरुद्ध कानुनी कारवाही हुनैपर्छ । उनलाई कारवाही नभएसम्म प्रेस संगठन नेपाल निरन्तर लागिरहनेछ ।’
उनले लोकतन्त्रमा जो कोहिलाई पनि प्रश्न गर्ने अधिकार भएको र पत्रकार सुदर्शन श्रेष्ठमाथि भएको दुर्व्यवहार समग्र प्रेस जगत माथि भएको दुर्व्यवहार भएकाले यस्ता प्रवृतिविरुद्ध लाग्नुको कुनै पनि विकल्प नभएको दाबीसमेत गरेका छन् ।
https://arthasarokar.com/2021/01/Arjun-Shah-4.html
https://arthasarokar.com/2021/01/Press-Union-4.html
https://arthasarokar.com/2021/01/Harish-.html
https://arthasarokar.com/2021/01/Photo-.html
https://arthasarokar.com/2021/01/Hakim-ko-Harkat.html
https://arthasarokar.com/2021/01/Bigyapti.html
https://arthasarokar.com/2021/01/maalpot-Kailali.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: