×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङ प्रहरीले प्रजातन्त्रको समर्थन गर्ने ११ जना अभियानकर्मीहरुलाई गर्यो पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हङकङ प्रहरीले प्रजातन्त्रको समर्थन गर्ने ११ जना अभियानकर्मीहरुलाई गर्यो पक्राउ

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हङकङ । हङकङ प्रहरीले प्रजातन्त्रको समर्थन गर्ने ११ जना अभियानकर्मीहरुलाई पक्राउ गरेको छ । हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले एक जना वकिल, एक जना युक्रेनी नागरिक र अन्य ९ जना अन्यलाई नियन्त्रणमा लिएको हो । १२ जना हङकङका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई ताइवान भगाउन सहयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको हो । बेइजिङले गत जुन अन्तिमा जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । 
साउथ चाइना मर्निङ पोस्टका अनुसार बिहीबार बिहान पक्राउ गरिएका उनीहरुमध्ये ८ जना पुरुष र तीन महिला रहेका छन् । उनीहरुलाई ‘अपराधीलाई सहयोग पुर्‍याएको’ भन्दै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरु १८ देखि ७२ वर्षसम्मका रहेका छन् । उनीहरुलाईफौजदारी प्रक्रिया अध्यादेशअन्तर्गत अधिकतम १० वर्ष कैद सजाय हुनसक्ने समेत बताइएको छ । सुरक्षा स्रोतका अनुसार फरार हुन खोजेका ११ जनालाई प्रायोजन गरेको आरोप लगाइएको थियो र ती प्रत्येकले केही हजारदेखि दशौं हजार हङकङ डलरको प्रस्ताव गरेसमेत खुलेको छ ।
उनीहरुलाई भाग्‍ने योजना बनाउने, सीमा क्षेत्रमा लिन आउने र लुक्ने ठाउँ उपलब्ध गराउने गरेको आरोप लगाइएको सुरक्षा स्रोतलाई उदृध गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यसअघि हङकङ प्रहरीले सन् २०१९ को आन्दोलनमा सहभागी भएका र हाल राष्ट्रिय सुरक्षा कानुनको डरले ताइवान भाग्‍न खोजेका १२ जना लोकतन्त्र समर्थित व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दै संयुक्त राज्य अमेरिकाले चर्को विरोध गर्नुका साथै बिना शर्त तत्काल रिहा गर्नसमेत माग गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: