×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हङकङ र सिन्जियाङमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाप्रति जस्टिन ट्रुडो र इमानुएल म्याक्रोनको ध्यानाकर्षण

PRIME CA

हङकङ र सिन्जियाङमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाप्रति जस्टिन ट्रुडो र इमानुएल म्याक्रोनको ध्यानाकर्षण

अर्थ सरोकार

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

टोरोन्टो । हङकङ र सिन्जियाङमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गहिरो चिन्ता व्यक्त गरेका छन् । हङकङ र सिन्जियाङमा मानवअधिकारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चीनका यस्ता गतिविधिहरु तत्काल रोक्‍नुपर्ने बताएका छन् । 
‘नेताहरुले चीनसँगको सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री ट्रुडोले सिन्जियाङमा भएको मानव अधिकारको अवस्था र हङकङमा भर्खरै प्रजातन्त्र समर्थकहरुलाई पक्राउ गरिएका घटनाहरु चिन्ताजनक छ ।’ गत हप्ता, क्यानडा पनि ‘फाइभ आइज्’ गठबन्धनमा आवद्ध भएको छ । यसअघि चीनविरुद्धको अभियानका लागि संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतले ‘फाइभ आइज्’ गठबन्धन बनाएका थिए ।
क्यानाडाले चीनको सिन्जियाङ प्रान्तबाट हुने वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ । पश्चिमी राष्ट्रहरूले भने चिनियाँ अधिकारीहरूले उइगरविरुद्ध मानवअधिकार विरोधी गतिविधिहरु गरेको र मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै आलोचना गरेका छन् । चीनले उइगरहरुलाई सिन्जियाङमा रहेको हिरासत शिविरमा राखेर यातना दिने गरेको घटनाहरुलाई तीव्रताका साथ वृद्धि गरेका छन् । यसले विश्वभरका मुस्लिमहरुलाई आक्रोशित बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: