Skip to content
LAXMI SUNRISE BANK

हङकङका मिडिया टाइकूनसमेत रहेका बेइजिङका आलोचक जिम्मी लाइलाई फेरि जेलमा राख्‍न आदेश

अर्थ सरोकार

हङकङ । हङकङ प्रजातन्त्र समर्थक मिडिया टाइकुन जिमी लाइलाई बिहीबार फेरि जेलमा राख्‍न आदेश दिइएको छ । हङकङको उच्च अदालतले अभियोजन पक्षको आदेश जारी गर्दै लाइलाई जमानतमा रिहाका लागि गरिएको मा अस्वीकार गरेको हो । बेइजिङका कट्टर आलोचना लाइलाई यसअघि हङकङमा जारी गरिएको नयाँ सुरक्षा कानुनअन्तर्गत कारबाही गरिएका हङकङका सबैभन्दा उच्च प्रोफाइलका व्यक्ति हुन् । चीनले हङकङमा गत जुनदेखि नयाँ सुरक्षा कानुन लागु गरेको थियो । 
जिम्मी लाइलाई यसअघि जमानतमा रिहा गरिएको थियो । उनलाई घर फर्किन मिल्ने आदेश दिए पनि तीन हप्तापछि फेरि उनलाई हिरासतमा राखिएको छ । अलजजीराका अनुसार हङकङ उच्च अदालतका एक न्यायाधीशले यसअघि उनलाई १० करोड जमानतमा रिहा गर्न आदेश दिएका थिए । जमानतपछि उनी घरमै बस्दै आएका थिए । पछि फेरि सामाजिक सञ्‍जालमा गरेको पोस्ट र अन्तर्वार्तापछि पक्राउ परेका हुन् । 
हङकङमा नयाँ सुरक्षा कानुन लागु भएदेखि हङकङमा प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई पक्राउ गर्ने काम चीन सरकारले तीव्रताका साथ अघि बढाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हङकङका मिडिया टाइकून जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत कारबाही गरेकोमा चीनको आलोचना गरेका थिए । आरोपहरू खारेज गर्नुपर्ने माग गरेका थिए।
पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीलाई आफ्नो तानाशाही शासनको आरोप लगाउँदै उक्त घटनाको निन्दा गरेका छन् । अगस्त २०२० मा, टाइकूनलाई नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरिएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK