
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकले इलाम अस्पताललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकको ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि उक्त सहयोग गरेको हो ।
प्रभु बैंक ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले एक औपचारिक कार्यक्रममा ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।
प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्