
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई पेले नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । आइएमई पेले मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो । क्यास ब्याक आफ्नै मोबाइल नम्बरका लागि मात्रै लागू हुनेछ । आईएमई पे वालेटमा दर्ता भएको मोबाइल नम्बरमा मात्रै रिचार्ज गर्दा यस्तो सुविधा पाइनेछ । यो अफर सीमित अवधिको लागि मात्र मान्य छ ।
यसका लागि प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुनेछ भने विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त नगर्ने कम्पनीले स्पष्ट पारेको छ ।
प्रत्येक उपयोगकर्ताले १०० रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नुहुने छन् । अफर सीमित अवधिका लागि मात्रै लागू हुनेछ । यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्