इस्लामावाद । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आइतबार पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ भन्दा अघि नै राजीनामा दिन चेतावनी दिएका छन् । प्रधानमन्त्री खान ‘पपेट प्रधानमन्त्री’ भएको आरोप लगाउँदै उनले राजीनामा दिन चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री खानले मुलुकका समस्याहरु सम्बोधन गर्न नसकेको आरोपसमेत लगाएका छन् ।यसअघि ११ विपक्षी पार्टीहरुको गठबन्धन पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले पनि प्रधानमन्त्री खानलाई राजीनामा दिन चेतावनी दिएको थियो । पूर्व प्रधानमन्त्री बेनजीर भुटुको १३ औं पुण्यतिथिको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बिलावले भने, “इमरान खान नेतृत्वको सरकारले आवश्यक वस्तुहरूको मूल्यमा भएको अभूतपूर्व वृद्धि र जनताको जीवन शैली दयनीय बनाउने काम गरेको छ ।”
“कठपुतली प्रधानमन्त्रीलाई देशवासीहरूले सामना गरिरहेका मुद्दाहरूको बारेमा पनि सजगता छैन । किनकि उनी भोटमार्फत सत्तामा आएनन्,” बिलावलले भने, “यदि (प्रधानमन्त्री) इमरानले जनवरी ३१ सम्म राजीनामा नगरे राजधानी इस्लामाबादसम्म बृहत र्यालि गर्नेछौं। “
आफ्नी आमा बेनजीर भुट्टोको सम्झना गर्दै बिलावलले भने कि पूर्व प्रधानमन्त्रीको दर्शन “पीडीएमको रुपमा रहेको छ किनकि उनले तानाशाही सेनालाई चुनौती दिएकी थिइन्”। आज सबैको हृदयमा बेनजीर जीवित छन्, र उनीसँग झगडा गर्नेहरू पनि उनीको योगदानको सम्मान गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्