×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारद्धारा भियतनामका बाढी पीडितहरुलाई सहयोग प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारत सरकारद्धारा भियतनामका बाढी पीडितहरुलाई सहयोग प्रदान

Artha Sarokar

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत । भारत सरकारले भियतनामका बाढी पीडितहरुलाई सहयोग प्रदान गरेको छ । भारत सरकारले मध्य भियतनामका तीन हजार बाढी पीडितलाई व्यक्तिगत उपयोगका सामग्रीहरु सहयोग गरेको बताएका छन् । भियतनामका लागि भारतीय राजदूत पणय वर्माले १५ जनवरीमा भियतनामका कार्यकारी गयन कोक डुङले उक्त सामग्री हस्तान्तरण गरेको बताएका छन् । राजदूत वर्माले मध्य भियतनाममा आएको बाढीमा परेर मृत्यवरण गरेकाहरुप्रति दुस्ख व्यक्त गरेका छन् । बाढी पीडितहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भारतले निरन्तर सहयोग जारी राख्‍नेसमेत वर्माले बताएका छन् । 
भारतीय विदेशमन्त्री डुङले भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । यस किसिमका सहयोगहरुले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विदेशमन्त्री डुङले जानकारी दिएका छन् । प्रधानमन्त्रीहरुबीच भर्चुअल वार्ताका क्रममा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको जनाएका छन् । शान्ति, समृद्धिका लागि भियतनाम-भारतले एकसाथ गर्ने प्रतिबद्धताहरु व्यक्त गरेका छन् । सन् २०२१-२०२३ का लागि भियतनाम-भारत व्यापक रणनीतिक साझेदारीको कार्यान्वयनको लागि कार्य योजना तयार गर्ने सहमतिसमेत भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी